काठमाडौं, १४ बैशाख– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बैठक आज बस्ने भएको छ । दिउँसो ३ बज पार्टी कार्यलयमा बस्ने गरि बैठक बोलाइएको छ ।
बैठकमा स्थानीय निकायको निर्वाचनमा बाँकी उम्मेदवार घोषणा गर्ने, पार्टीको चुनावी घोषणा पत्र लगाएतका विषयमा छलफल हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकमा पछिल्लो राजनीतिक अबस्थाका बारेमा पनि छलफल हुने छ ।
नौँ दलीय गठबन्धनसंग छलफल
प्रमुख प्रतिपक्षदल एमालेले आज नौँ दलीय गठबन्धनसंग छलफल गर्ने भएको छ । संविधान संशोधन विधेयक विफल बनाउने रणनीति अन्तर्गत प्रमुख विपक्षी दल एमालेले आफ्नो नेतृत्वमा रहेको नौँ दलीय गठबन्धनसंग छलफलको आह्वान गरेको हो ।
सिंहदरबारमा मध्यान्ह बस्ने एमाले नेतृत्वको नौँ दलीय गठबन्धनमा संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका बारेमा छलफल हुने छ ।

