एमाले अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडाैं, २६ पुस – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा नियमित चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको हो । उहाँको साथमा धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सक समेत थाइल्याण्ड जानुभएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गर्नुभएको छ ।

ओलीलाई बिदाई गर्न वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायतका एमाले नेता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो । निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उहाँ बैंकक जान जानुभएको हो ।

निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारण उहाँ जान सक्नुभएको थिएन । स्वास्थ्य परीक्षण गराई ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here