झापा,९ मंसिर– नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीको झापा स्थित दमकको घरमा बम भेटिएको छ । घरको पूर्व दिशाको गेटमा दुईवटा बम भेटिएको हो ।
एउटा बम बिहान ४ बजे पड्केपछि बम भएको थाह पाएको ओली निवासमा बस्ने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।
पड्किएको बमले क्षति नभएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरिले जानकारी दिनुभयो । एउटा बम डिस्पोज गर्न सेनाको टोली घटनास्थल पुगिसकेको र डिस्पोज गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

