एमाले अध्यक्ष ओली थाइल्याण्ड जाँदै

file photo

काठमाडौं, ९ भदौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य उपचार गराउनका लागि आज थाइल्याण्ड जाँदै हुनुहुन्छ ।
थाइ एयरवेजको विमानबाट ओली दिउँसो १ बजे नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानु हुनेछ । उहाँ उपचार पश्चात् यही भदौं १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here