एमालेसंग एकता प्रक्रिया पेचिलो बन्दै गर्दा दाहाल त्रिपक्षीय छलफलमा, भट्टराई र यादवबीच संयुक्त छलफल

काठमाडौं, २१ वैशाख- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संयुक्त छलफल भइएको छ ।

एमालेसँग पार्टी एकीकरणको तयारीमा रहेका दाहालले भट्टराई र यादवसँग गरेको छलफललाई अर्थपुर्णरुपमा हेरिएको छ । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा पुगेका भट्टराई र यादवसँग भेटावार्ता भएपनि छलफलको विषय भने बाहिर ल्याइएको छ ।

माओवादी र एमालेबीचको एकता प्रक्रिया पेचीलो बन्दै जादा दाहालले आफ्नो समर्थन जुटाउन खोजेको आकलन गरिएको छ । पटक–पटकको छलफल निश्कर्षमा पुग्न नसकेपछि दाहालले अन्य दलसंग छलफलको तयारी गर्नुभएको बुझिएको छ । दाहाल स्रोत अनुसार दिनहँु जस्तो आन्तरिक छलफलमा व्यस्त हुने गरेको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here