‘एमालेसँग सरकार निर्माणबारे कुनै पनि छलफल भएको छैन’

काठमाडाैं, १० पुस – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले एमालेसँग सरकार निर्माणबारे औपचारिक छलफल नभएको स्पष्ट पार्नुभएको ।

फोरम अध्यक्ष यादवले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँग एकपटक भेट भएपनि सरकार निर्माणको विषयले भने प्राथमिकता नपाएको स्पष्ट पार्नुभएको हो । उहाँले एमालेसँग सरकार निर्माणका विषयमा छलफल गरिएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अत्तालिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीसँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरिएको बताउनुभयो । उहाँले आफूहरूको माग अनुसार संविधान संशोधन नभई आफ्नो पार्टी सरकारमा जाने अवस्था नरहेको अडान पनि दोहोर्‍याउनुभयो । अध्यक्ष यादवले वाम गठबन्धनलाई बहुमत प्राप्त भएकाले सरकार गठन गरेर अघि बढ्न सुझाव दिनुभयो ।

अध्यक्ष यादवले ३ ठूला दलकै कारण निर्वाचनपछि पनि मुलुकमा संवैधानिक जटिलता देखिएको आरोप लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here