एमालेले प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया सुरु गर्दै

web

नेकपा एमालेले प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेको छ । सातै प्रदेशका स्थानीय तहका कमिटीले आज प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेद्वार बिषयमा छलफल सुरु गर्ने कार्य तालिका रहेको छ । स्थानीय तहले भोली सम्ममा तल्लो तहबाट सुझाव सहितको उम्मेद्वारको सुची जिल्ला कमिटीलाई पठाउनेछ ।

जिल्ला कमिटीले राय सहितको उम्मेद्वारको नाममा प्रदेश कमिटीलाई सिफारिस गर्नेछ । प्रदेश कमिटीले उम्मेद्वारको सुचिमा सुधार सहित पार्टीको स्थायी कमिटीमा नाम पठाउनेछ ।

आगामी २५ र २६ गते बस्ने एमाले स्थायी कमिटीको बैठकले प्रदेश कमिटीले सिफारिस गरेका नाममा सहमती जुटाउदै प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको सुचि निर्वाचन आयोगमा बुझाउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here