काठमाडौं,२५ माघ– एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा नपर्खने बताउनुभयो ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता नेम्वाङले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिइरहनु नपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने चर्चा भइरहेका बेला नेता नेम्वाङको यस्तो भनाइ आएको हो। नेम्वाङले भने, ुनयाँ जनादेश आएलगत्तै तत्काल राजीनामा नदिएर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, मान्यताको खिल्ली उडाउनुभयो ।
उहाँले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक हुनेबित्तिकै नयाँ सरकार गठन हुनेछ। लोकतान्त्रिक मूल्य र मान्यताअनुसार चल्ने कुनै पनि मुलुकले जनादेशलाई मान्ने गरे पनि प्रधानमन्त्री देउवाले त्यसअनुसारको आचरण देखाउन नसकेको नेम्वाङको आरोप थियो।

