काठमाडौं, १ असार– नेकपा एमाले स्थायी कमिटीको बैठक आजपनि बस्ने भएको छ । केहि दिन देखि जारी एमाले स्थायी कमिटि बैठक आजबिहान ८ बजे पार्टी अध्यक्ष ओलीको निवास बालकोट बस्ने भएको छ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको मितिमै गर्नुपर्ने सरकारलाई दवाव दिएको एमालेले आज त्यस विषयमा थप निर्णय गर्ने बुझिएको छ ।
बैठकमा राजपा संगको निर्णयक वार्ता, स्थानीय तहको निर्वाचन, उम्मेदवारका छनोट लगाएका बारेमा छलफल हुने पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

