एमालेले आज आह्वान गरेको चितवन बन्द किन फिर्ता लियो ?

चितवन, १८ जेठ–  नेकपा एमालेले आज गर्ने भनेको चितवन बन्द फिर्ता लिएको छ । भरतपुर महानगरपालिको मत पत्र च्यातिएको र त्यसपछि मतगणना स्थगित भएको विरोधमा एमाले चितवनले जिल्ला बन्दको घोषणा गरेको थियो । बन्दको विरोध हुन थाले पछि फिर्ता लिएको एमाले चितवनले जनाएको छ ।
एमालेका चितवन जिल्ला अध्यक्ष एंव सांसद कृष्णभक्त पोखरेलले आम जनताले बन्द नगर्न दिएको सुझाव र निर्वाचन आयोगले मतगणनाका लागि गरिरहेको प्रयासलाई मध्यनजर गर्दे विरोधका अन्य कार्यक्रम जारी राख्दै बन्द फिर्ता गरिएको जानकारी दिनुभयो ।

भरतपुर– १९ को मतगणना चलिरहँदा आइतबार राति मत पत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि मतगणना स्थल सिल गरेर गणना रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here