एमालेको स्थानीय चुनावमा तीन रणनीति

web

काठमाडौं,८ चैत– नेकपा एमाले स्थायी समिति बैठकले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा तीन वटा निर्णय गरेको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले बैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन हुन नदिने गतिविधिप्रति सजग रहँदै निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।
निर्वाचनका सन्दर्भमा उठिरहेका आशंका हटाउँदै निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ भने, निर्वाचनका सबै कार्यलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ ।
स्थायी समिती बैठकले निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको सन्दर्भमा सरकारका तर्फबाट आचारसंहिताविपरीत बजेटको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्य रोक्न सरकारसँग माग गर्नुका साथै आचारसंहिताविपरीत क्रियाकलापको कडाईका साथ अनुगमन गर्न आयोगलाई आग्रह गरेको छ ।
संविधान संशोधनका सन्दर्भमा पार्टीको अडान कायम राख्दै बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ९ राजनीतिक दलबीच छलफल गरी, एकीकृत धारणा बनाउने समेत निर्णय गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here