धादिङ,२३ मंसिर– धादिङ क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार भूमि त्रिपाठी २७ हजार भन्दा बढी मतान्तरसहित विजयी हुनुभएको छ । त्रिपाठीले ४९ हजार १ सय २१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गर्नुभयो ।

