काठमाडौं,२८ पुस । एनसेलले आफ्ना ग्राहकलाई लछित गरी शनिबार ललितपुरको जाउलाखेलमा फुटबल मैदानमा ‘एनसेल मेला २०७४’ आयोजना गर्ने भएको छ। पोखरामा पस ८ र विराटनगरमा पुष १५ गते भव्यरुपमा सम्पन्न भएको मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित जाउलाखेलमा समेत आयोजना हुन लागेको हो।
मेलामा कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहद् नेटवर्क भएको फोरजी सेवा लगायत अन्य सेवा र सुविधाहरुका बारेमा समेत जानकारी लिन सकिने छ। मेलामा गेम स्टलहरु, किडस् जोन, फोरजीजोन र फुड स्टलहरु पनि रहेनछन्। साथै ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रम समेत हुने छ।
यो मेला बिहान ११ बजे सुरु भई साँझ ६ बजे चल्ले आयोजकले जानकारी दिएको छ। मेलामा चर्चित कलाकार शिव परियार, इन्दिरा जोशी, आशीष राना (लाउरे), सांगीतिक समुह कबवेभ र द एजले आफ्ना प्रस्तुति दिने छन्।

