एनसेललाई ठुलो घाटाः फोरजी सेवा सञ्चालन गर्न नपाउने

काठमाडौं, १२ जेठ– निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले तत्काल चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सञ्चालन गर्न नपाउने भएको छ ।

व्यवस्थापिका सांसदको सार्वजानिक लेखा समितिले आज नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) लाई एनसेललाई फोरजी सेवा सञ्चालन गर्न नदिनू भन्दै पत्र पठाएको छ ।

राज्यलाई तिर्नुपर्ने कर असूल नभएसम्म फोरजी सेवा सञ्चाल गर्न नदिनु भन्दै आज दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बताउनु भयो ।

सभापति उाध्यायका अनुसार यसअघि लेखा समितिले दिएको निर्देशन के कति पालना भएको छ भनेर ३ दिनभित्र लिखित जवाफ पठाउन पनि समितिले प्रांधिकरणलाई निर्देशन दिएको छ ।

लेखा समितिका सभापति उपाध्यायका अनुसार एनसेलले राज्यलाई करिब २४ अर्ब रुपैयाँ कर तिर्न बाँकी छ । यो कर असूल नभएसम्म एनसेललाई फोरजी सेवा सञ्चालन र अन्य व्यवसाय विस्तार गर्न नदिनका लागि यसअघि लेखा समितिले दिएको निर्देशन अक्षरस पालना गर्न आज अर्को पत्र पठाइएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here