एनआरएन आठौं सम्मेलन आजदेखि

काठमाडौं,२८ असोज– गैर आवासिय नेपाली संघ एनआरएनको ८ औ विश्व सम्मेलन आजदेखि काठमाडौमा सुरु भएको छ ।
आवर ओमन, आवर युथ एण्ड आवर सेकेन्ड जेनेरेसन फर अ स्ट्रङ फ्युचर भन्ने नाराका साथ सुरु सम्मेलनले आगामी २ वर्षका लागी नेतृत्व चयन गर्नेछ ।
मंगलवारसम्म संचालन हुने सम्मेलनको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारी तथा समापन प्रधानमन्त्री शेर वहादुर देउवाले गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।
१४ वर्षअघि स्थापना भएको एनआरएनको अहिले विश्वव्यापी संजाल गठन भएको छ । आगामी नेतृत्वका लागी अष्ट्रेलिया निवाशी जमुना घले र वर्तमान उपाध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here