काठमाडौ ३१ भदौ । गैह्र आवासिय नेपाली संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन गरि बरिष्ठ उपाध्यक्ष भट्टले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट÷सातौ विश्व सम्मेलनमा शेष घले समुहको तर्फबाट उपाध्यक्ष बन्नुभएको थियो । टिबिआई ग्रुपका प्रमुख समेत रहेका भट्टको नेपालमा हवाई उड्यन, संचार तथा पुर्वाधार विकास निर्माणमा लगानी रहेको छ ।
यही असोज २८ देखि ३१ गते काठमाण्डौमा एनआएनए को आठौ विश्व सम्मेलन हुदैछ । सम्मेलनले आगामी दुई बर्षका लागि एनआरएनए को नया नेतृत्व चयन गर्ने छ ।

