एक क्विन्टल गाँजासहित दुई युवक पक्राउ

सर्लाही,२७ बैशाख ।  सर्लाहीमा प्रहरीले एक क्विन्टल गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका ३३ वर्षीय कान्छा योन्जन र प्रगन सहनी रहेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले योन्जनको घरबाट उक्त लागुऔषध गाँजा बरामद गरिएको ब्युरोका एसपी तथा प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here