एकै सिजनमा सगरमाथामा १० जनाको मृत्यु,यस्तो छ कारण !

काठमाडौं,१२ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा जारी सिजनमा आरोहणका क्रममा १० जनाले ज्यान गुमाएका छन् । पर्यटन विभागका अनुसार, थकान, अक्सिजनको कमी र प्रतिकुल मौषमका कारण धेरै पर्वतारोहीको ज्यान   गएको हो ।

सगरमाथामा यसै साता एक नेपाली, एक अस्ट्रियाली र एक अमेरिकी आरोहीको मृत्यु भएको छ । आरोहण कै क्रममा लडेका आयरल्यान्डका अर्का आरोही प्रोफेसर सिमस ललेस एक सातादेखि बेपत्ता छन् । बिभागका अनुसार शुक्रवार आयरल्यान्डका पर्वतारोही केभिन हाइन्स र बेलायती आरोही बिन हाइन्स फिसरको पनि सगरमाथा शिखरबाट ओर्लने क्रममा लडेर मृत्यु भएको छ ।

यो सहित यो बर्ष सगरमाथा सहित विभिन्न हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या १८ पुगेको जनाएको छ । पर्यटन विभागले यो सिजनमा सगरमाथा आरोहण गर्न ३ सय ८१ जना पर्वतारोहीलाई अनुमति दिएको छ । गत वर्ष ८ सय ७ जना सगरमाथा शिखरमा पुगेका थिए । सगरमाथा आरोहणको अनुमति दिन सरकारले जनही ११ हजार अमेरिकी डलर शुल्क लिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here