एकै साताभित्र दुई महिलाको हत्या

सिराहा–२० असार–सिरहामा एकै साताभित्र दुई जना महिलाको हत्या भएको छ । यही असार ९ गते सिरहाको लहान नगरपालिका, १ सिंराहीमा महिलाको हत्या गरेर पालिएको अबस्थामा शब फेला पर्यो । टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेर फालिएको अबस्थामा लहान नगरपालिका १ सिंराहीटोलमा बेवारिसे अबस्थामा शव भेटिएको थियो ।

त्यसको पाँच दिन बित्न नपाउदै असार १३ गते मंगलबार भगवानपुर गाँउपालिका, १ का बालकृष्ण यादबले आफ्नै श्रीमतीको हत्या गरे । ढुंगा प्रहार गरी माररे फालिएकी महिलाको पहिचान अझै खुल्न नसकेको ईलाका प्रहरी कार्यलय लहानका डीएसपी हिरा वहादुर पान्डेले जानकारी दिनुभएको छ ।

खाना खाएर घरमै आराम गरिरहेकी २८ बर्षिया श्रीमाती रामकला देवी यादबलाई श्रीमान् बालकृष्णले घाँटी रेटी हत्या गरेका प्रहरीले बताएको छ । रामकला देबीले च्यापेर सुतेको दुई बर्षे छोराको भने सकुशल उद्धार गरिएको छ । यादव केही दिन अघिमात्र लागु औषध मुद्धामा पाँच वर्ष जेल सजाय काटेर बाहिर आएका थिए । श्रीमतीको चरित्रमाथि शंका गरी प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै उनले श्रीमतीको हत्या गरेको स्वीकार गरेकाले प्रहरीले कर्तब्य ज्यान मुद्धा दर्ता गरी अदालतमा पेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here