एकै पटक संसदका दुई समिति बैठक, यस्ता छन् छलफलका विषय

web

काठमाडौं,११ चैत । प्रतिनिधीसभा अन्तरगत कानुन न्याय तथा मानव अधिकार समितीको बैठक आज बस्ने भएको छ । संसद भवन सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा मुलुकी संहिता सम्बन्धी विद्येयकमाथि छलफल हुने समितीले जनाएको छ । बैठकमा अन्य विषयमापनि छलफल हुने सचिवालयले जनाएको छ ।

यसैबीचः आजै लेखा समितीको बैठक पनि बस्ने भएको छ । संसद भवनमा दिउँसो साढे २ बजे बस्ने बैठकमा एसियाली विकास बैंकको ऋण परियोजना अन्तरगत कञ्चनपुर–कमला सडक निर्माण सम्बन्धी आह्वान गरिएको बोल पत्रका विषयमा छलफल हुने समिति सचिवालयले जनाएको छ । छलफलका लागि बैठकमा भौतिक पुर्वाधार मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलाई बोलाइएको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here