एकता प्रक्रिया टुंगोमा पुग्ला ? नेकपा सचिवालय बैठक बस्दै !

काठमाडौं,५ साउन । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । भएको छ । पार्टी एकता प्रक्रियालाई अन्तिम टुंगो लगाउन बैठक बस्न लागेको हो । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकता प्रक्रियालाई टुंगो लगाउन बनेका सहमतिलाई अन्तिमरुप दिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने छ ।

नेकपामा विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागिसकेको छ । यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here