एएफसी यू–१९ मा नेपाल र बहराइनबीचको खल आज

एजेन्सी– एएफसी १९ वर्ष मुनीको च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत नेपालले आज बहराइन सँग खेल्दै । पहिलो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको नेपालले आज बलियो प्रतिद्धन्दी बहराइनसँग खेल्न लागेको हो ।
नेपाली समयअनुसार खेल ४ः४५ बजे सुरु हुनेछ । समूह ‘ए’को पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो ।
सन् २०१८ मा इन्डोनेसियामा हुने अन्डर नाइन्टिन च्याम्पियनसिपको छनोटको रुपमा रहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपाल र किर्गिस्तानसँगै बहराइन, युएई र ओमान रहेका छन् ।
समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा आगामी शनिबार युएईसँग खेल्नेछ । पाँच टोली सहभागी समूहको अन्तिम खेलमा नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टीम अर्को चरणका लागि छनोट हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here