एउटा खोलिदा अर्काे बन्द

काठमाडौं, १ असार–बसुन्धरामा रहेको सु–मङ्गल पोलिक्लिनिक दर्ता समेत नगरी सञ्चालन गरेको पाएपछि सिलबन्दी गरी २४ घण्टे निर्देशन दिएको छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हिंत संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृत नलिएको, म्याद नाघेको सामग्री बिक्री वितरण गरेको, अन्य आवश्यक कागजपत्र नभएको र दर्ताबिना डेण्टलसमेत सञ्चालन गरेको पाएपछि सिलबन्दी गरी २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिएको हो।

अनुगमन संयोजक निरोज घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले सोही समयमा भेटिएको म्याद नाघेको औषधिसमेत २४ घण्टाभित्र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा र आपूर्ति व्यवस्थापन विभागमा आउन निर्देशन दिएको छ।

त्यसैगरी विभागले गत जेठ २३ गते अनुगमनको क्रममा आवश्यक कागजपत्र समेत नभई सञ्चालन गरेको भन्दै वानेश्वरमा रहेको भेनस अस्पतालको भेनस फर्मामा सिलबन्दी गरेको थियो। आवश्यक कागजपत्र जुटाएपछि आज उक्त अस्पतालको सिलबन्दी खोलिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here