ऊर्जा आदानप्रदान समझदारी: नेपाल र बङ्गलादेशबीच नयाँ आयाम

काठमाडौँ, २५ साउन:नेपाल बङ्गलादेशबीच आज भएको ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीले लगानीका बृहत् सम्भावनाको ढोका खुलेको टिप्पणी गरिएको छ ।

दुई देशबीच लामो समयदेखि रहँदै आएको मैत्री सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मार्ग प्रशस्त भएको उल्लेख गर्दै आज यहाँ आयोजित कार्यक्रममा ऊर्जा क्षेत्रका जानकार तथा सरोकार भएका निकायले समझदारी एक ऐतिहासिक घटना भएको बताए ।

यहाँस्थित बङ्गलादेशी राजदूतावासको आयोजना र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान) तथा इनर्जी डेभलपमेन्ट काउन्सिलले आयोजना गरेको अन्तक्र्रियाका सहभागीले नेपाल लगानीका लागि सुगम र सहज गन्तव्य भएकोमा जोड दिए ।

सरकारी अध्ययनमा नै तत्काल लगानीका लागि ४० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना सहज भएको भन्दै कार्यक्रमका सहभागीले आजको द्विपक्षीय समझदारी नयाँ अध्याय भएको स्पष्ट पारे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले ऊर्जा र जलस्रोतको क्षेत्रमा नेपाल सुगम गन्तव्य भएको भन्दै सरकारी तथा निजीस्तरमा पनि थप सम्भावनाको ढोका खुलेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here