काठमाडौं, ३ भदौं– ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौं उपत्यकामा फोहोरमैलाको उचित व्यवस्थापन नगरेसम्म बागमती नदी सफाई नहुने बताउनु भएको छ ।
बागमती सफाई महाअभियानको २ सय २१ औं हप्ता पुगेको अवसरमा आज आयोजित कार्यक्रमलाई मन्त्री शाहीले उपत्यकामा रहेको फोहोरको व्यवस्थापन नगरे सम्म बागमती नदी सफा नहुने बताउनु भएको हो ।
उहाँले नदी किनार सफा गर्नुअघि उपत्यकाको ढल, फोहोर र दुर्गन्ध व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । प्रत्येक घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्न नसकिएसम्म बागमती नदी सफा, स्वच्छ बन्न नसक्ने मन्त्री शाहीको भनाई थियो । उहाँले नदी सफाईको दीर्घकालीन योजना बनाएर जान बागमती सफाई अभियानका अभियन्ताहरुलाई आग्रह गर्नुभयो ।

