उहुरु केन्याटाले आज सपथ लिदै

एजेन्सी–केन्यामा दोश्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित उहुरु केन्याटाले आज सपथ लिदै छन् । सपथ ग्रहण समारोहका लागि राजधानी नैरोबीको सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
सपथ ग्रहण समारोहमा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, युगान्डाका राष्ट्रपति योवीरी मुसेवेनी, रुवान्डाका राष्ट्रपति पाउल कगामे लगायत विभिन्न राष्ट्रका प्रमुख तथा वरिष्ठ मन्त्रीहरुसहित २० भन्दा बढीले सहभागीता जनाउने बताईएको छ । समारोहमा ६० हजार बढी सर्वसाधारणको सहभागिता रहने समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here