उर्जामन्त्री पुनद्धारा रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण

काठमाडौं, १५ वैशाख । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले शनिवार बिहान रसुवागढी नाकाको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री पुनले गढीलाई थप व्यवस्थित बनाउँदै संरक्षणको आवश्यकता रहेको बताउनुभयो । हिजोदेखि नै रसुवामा रहनुभएका मन्त्री पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको पनि निरीक्षण गर्नुभएको छ । पुनले  आज रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण गर्नुभयो भने हिजो  त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गर्नुभएको थियो । निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्य तिब्र गतिमा व्यवस्थित ढंगले अघि बढाउन निर्देशन  दिनुभएको छ । सरकारको तर्फबाट गर्नुपर्ने सहयोगबारे चिन्ता नगर्न आग्रह गद्र्र परियोजना तोकेकै समयमा सक्न समेत निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here