उम्मेदवार बन्न माओवादी नेताको दौडधुप, को-को छन् अग्रपंक्तिमा ?

काठमाडाैं, १ माघ – राष्ट्रियसभा उम्मेदवार बन्न माओवादी केनद्रका नेचाहरुबीच दौडधुप शुरु भएको छ । कतिपयलाई शीर्ष नेतृत्वले नै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचकै क्रममा राष्ट्रियसभा व्यवस्थापन गर्ने आश्वासन दिएका कारण पनि नेताहरुले दौडधुप बढाएका हुन् ।

राष्ट्रियसभा सदस्यका लागि दौडधुप बढाउनेमा दीनानाथ शर्मा, लीलामणि पोखरेल, नारायाणप्रसाद शर्मा, क्षेत्रबहादुर श्रेष्ठ, महेन्द्र पासवान, तपेशवर चौधरीलगायतका नेता अग्रपंक्तिमा छन् । रामबहादुर थापा, हेमराज भण्डारीलगायतका नेतालाई भने प्रदेशबाट पनि उममेदवार बनाएर सेटिङ गर्नुपर्ने माग आएको छ ।

अमिक शेरचन, रामबहादुर थापालगायतका नेता उम्मेदवार बन्ने-नबन्ने विषय भने राष्ट्रिपति-उपराष्ट्रिपतिको सेटिङका आधारमा टुंगिने छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा अहिले नेताहरु दिनहुँ धाउन थालेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here