काठमाडौं, १० कार्तिक– वाम गठबन्धनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार आज टुंगो लगाउने तयारी गरेको छ ।
नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले विवादित क्षेत्रका विषयमा शीर्ष तहको छलफल गरी आजै उम्मेदवार टुंग्याउने तयारी गरेको हो ।
कार्यदलस्तरमा केही स्थानमा देखिएको विवाद समाधान गर्दै साझा उम्मेदवार टुंगो लगाउने तयारीमा जुटेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसको तयारीका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले कार्यदलसँग छलफल गरिरहनुभएको छ ।

