उम्मेदवारको घरमा बम विस्फोट

धनुषाः२३ भदौं– तेस्रो चरणको स्थानीय निर्वाचनको नजिकीदै गर्दा धनुषाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।
गए राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएको शाहको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभएको छ ।
विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here