उमेर ४ वर्ष, तौल साढे ४ किलो

कोचाबखारी–२ लोखरमका दिनेश दास र ममतादेवीकी ४ वर्षीया छोरी जीवछीको शरीरका हड्डी बाहिरबाटै प्रस्ट देखिन्छन् । शरीरका अंगहरूमा मासु लागेको देखिँदैन । खाना र पौष्टिक आहार नपाउँदा उनको अवस्था यस्तो भएको हो ।

छोरी जीवनमरणको दोसाँधमा पुगेपछि दिनेशले उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको पोषण पुन:स्थापना गृहमा भर्ना गराए । ४ वर्षीया जीवछीको तौल अहिले साढे ४ किलो मात्र छ । ‘यस्तो कुपोषणले ग्रसित बच्चा पोषणगृहमा आएको पहिलोपटक हो,’ गृहकी प्रबन्धक रश्मी झाले भनिन्, ‘बालिकाको अवस्था चिन्ताजनक छ ।’

यसअघि ६ महिना सोही गाउँकै १३ महिने नीलमकुमारी मण्डललाई पनि गृहमा भर्ना गरिएको थियो । उनीबारे समाचार सार्वजनिक भएपछि सहयोग जुटेको थियो । उपचारपछि घर फर्किइसकेकी छन् । कुपोषणले ग्रसित डाढाका शम्भु रामको उपचार नपाउँदा ६ महिनाअघि मृत्यु भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here