उपेन्द्र यादवका कुरा

Upendra Yadav

काठमाडौं, २९ बैशाख–  पर्सि हुने निर्वाचनमा देशभर उत्साहको माहोल देखिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ ।

अध्यक्ष यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा देशभरि नै व्यापक उत्साहप्रद माहोल देखिएकोले निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने विश्वास व्यक्त गर्नु भएको हो ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले मुलुकलाई निकास दिलाउनको लागि पनि आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताउनु भयो ।
आफ्नो पार्टीले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा नजाने अडान लिईरहेको अवस्थामा एक्कासी यु–टर्न लिएको भनेर बाहिर चर्चा भएकोप्रति टिप्पणी गर्दै उहाँले विभिन्न आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लािग पनि निर्वाचनमा जानुको विकल्प नभएको देखेपछि अपर्झट यस्तो निर्णय लिएको दाबी गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here