उपराष्ट्रपति पुन विराटनगर जादै

काठमाडौं,२७ असोज– उपराष्ट्रपति नन्दबहादुर पुन आज विराटनगर जाँदैँ हुनुहुन्छ । उपराष्ट्रपति पुन विराटनगरमा हुने तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेटको उद्घाटन गन त्यहाँ जान लाग्नु भएको हो ।
असोज ३० गतेसम्म चल्ने सो भेलामा विभिन्न ३५ जिल्लाका करिब ३ हजार ५ सय स्काउटर बालबालिकाको सहभागीता रहेको छ ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा संचालन भैरहेको ज्याम्बोरेटमा सहभागी बालबालिकालाई साहसिक, सांस्कृतिक र मनोरञ्जनात्मक कला प्रदर्शन गर्दै समाजमा भाइचारा कायम गर्नुे मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।
४० वटा बेस—क्याम्प निर्माण गरी स्काउटर बालबालिकालाई आपत् विपतमा सहयोग गर्ने स्वयंसेवी बन्नका लागि आत्मबल बढाउन सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइने आयोजक सदस्य नवलप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here