उपराष्ट्रपति आज चीन जाँदै

काठमाडौं, २० असार– उपराष्ट्रपति नन्दबहादुर पुन उच्च स्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेलामा सहभागी हुन चीन जान लाग्नुभएको हो ।
मेला चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको छ । उपराष्ट्रपति पुनले यही असार २२ गते विकास र सहयोगका लागि उच्च स्तरीय मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रेशम मार्ग र सहयोगका विविध आयामका बारेमा उहाँको सम्बोधन केन्द्रित रहने बताइएको छ । चीनका व्यवसायी एवम् उद्योगीसँग ‘नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहयोग आदानप्रदान’ विषयको सम्मेलनमा समेत उपराष्ट्रपतिले यही असार २३ गते सम्बोधन गर्ने तथा लान्जाउमा रहँदा उपराष्ट्रपति पुनले उच्च चिनियाँ नेता एवम् अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति पुनले चीनको सान्सी प्रान्तको सियान र येनानको समेत भ्रमण गर्नुहुनेछ । साथै उपराष्ट्रपतिसँग उक्त प्रान्तका नेताहरूले शिष्टाचार भेटवार्ता गन क्रार्यक्रम पनि रहेको छ । उपराष्ट्रपति पुन यही असार २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here