उपप्रमुख हरिप्रभा खड्गीले भनिन….

काठमाडौँ, २४ साउन:काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सडक विभाग, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत् प्रधिकरण र नेपाल टेलिकमजस्ता सबै निकाय कामपाको मातहतमा हुन आवश्यक रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले यहाँ आज आयोजना गरेको छलफल कार्यक्रममा उपप्रमुख खड्गीले ती निकाय महानगरभित्र रहेको तर विकासको काम गर्दा समन्वय नगरी काम गरेका हुँदा समस्या आएकाले तिनलाई महानगर मातहतमा आउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “ती निकायसँग समन्वय नहुँदा महानगरले बनाउँदै गरेको केही संरचना अन्य निकायले बिगार्ने र भत्काउने गर्छन्, त्यसको जिम्मा कसले लिने ? जे भए पनि दोष हामीलाई दिनुभएन, नागरिकले यो कुरो बुझ्नुप¥यो ।”

“मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कामले गर्दा काठमाडौँका जनताले धुलो खानुपरेको छ, पाइप बिच्छ्याउने काम सम्पन्न भएपछि धुलोको समस्या हट्छ”, उहाँले स्पष्ट पार्नुभयो । हाल काठमाडौँको मुख्य समस्याका रुपमा रहेको फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि बञ्चरेडाँडा नै उपयुक्त रहेको उहाँले जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here