काठमाडौँ, असार १७ गते । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा यही असार १८ देखि २० गतेसम्म भारत भ्रमणमा जानुहुने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतका विदेशमन्त्री सुषमा स्वराजको निमन्त्रणामा उहाँ भारतको तीनदिने भ्रमणमा जान लाग्नुभएको हो ।
भ्रमणका क्रममा उहाँले भारतका विदेशमन्त्री स्वराजसँग भेटी द्विपक्षीय हितबारे विचार आदानप्रदान गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

