उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरा ६ दिने राजनीतिक भ्रमणका लागि चीनमा

काठमाडौं, २१ भदौं – उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने राजनीतिक भ्रमणमा आज चीन जाँदै हुनुहुन्छ।
परराष्ट्रमन्त्री महरा चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन जान लाग्नु भएको हो ।

चीन र भुटानको सीमा दोक्लाममा भारत र चीनबीच उत्पन्न भएको तनाव साम्य भएको एक सातापछि उपप्रधान एवं परराष्ट्रमन्त्री महराको चीन भ्रमण हुन लागेको हो । महराको भ्रमण टोलीमा नेपालका लागि चिनियाँ राजदूत र चीनका लागि नेपाली राजदूत तथा परराष्ट्र मन्त्रालय र दूतावासका उच्च अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनमा रहँदा उपप्रधानमन्त्री महराले चिनियाँ प्रधानमन्त्री, विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्नाका साथै वरिष्ठ चिनियाँ नेताहरुसँग भेटघाट गर्ने र बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालय विश्वविद्यालयमा हुने विचारगोष्ठीमा सहभागी हुनुहुनेछ ।

साथै उहाँले ग्वाङझाओमा स्थापित नेपालको महावाणिज्य दूतावासको यही भदौ २५ गते उद्घाटन गर्नाका साथै उद्योगी व्यवसायी समुदायलाई सम्बोधन गर्ने र ग्वाङझाओका प्रान्तीय नेताहरुसँग भेट्ने कार्यक्रम छ ।

विभिन्न कार्यक्रममा सहभागी भएर उपप्रधानमन्त्री महरा यही भदौ २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here