उपत्यका सहित देशैभरिको मौषमका प्रभाव

काठमाडौं,२२ चैत ।  काठमाडौं उपत्यका सहित आजपनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली संगै बर्षा हुने भएको छ । अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको मौषम पुर्वामानुमान महाशाखाले जनाएको छ ।
तराईका सीमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार पनि अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा तराईमा हल्का हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरेको छ ।

त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here