उपत्यकाको मत गणनाले प्रगतिशील माथि

काठमाडौं,२१ चैत । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको जारी मत गणनामा प्रगतिशील समूहका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिकका सुनिल पोखरेलबीचको मतान्तर ५२ मा पुगेको छ ।
काठमाडौं र पाटन बारको मत गणना चलिरहँदा श्रेष्ठले २७ सय ५७ मत प्राप्त गरेका छन् भने उहाँलाई पछ्याउँदै सुनिलकुमार पोखरेलले २७ सय ५ मत प्राप्त गर्नुभएको छ । महासचिवमा भने लोकतान्त्रिकका लीलामणि पोखरेलले अग्रता कायमै राख्नुभएको छ ।
उहाँले २८ सय २७ मत पाएका छन् भने उहाँले प्रतिस्पर्धी प्रगतीशीलका सुरेन्द्र थापाले २५ सय ९२ मत पाएका छन् । हिजो बेलुकाको गणनामा प्रगतिशील समूहका श्रेष्ठले २४ सय ४५ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी पोखरेलले २३ सय ७५ मत ल्याउनुभएको थियो । उपत्यकाभित्र पाटनमा ३ सय ११ र काठमाडौं बारमा ३ सय ७२ मत गणना सम्पन्न   भएको छ ।

१० हजार ३ सय १३ मतदाता रहेको नेपाल बारको शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो । उपत्यकाभित्र मात्र ४ हजार ४३ मत खसेको थियो । सर्वोच्च बारमा ६ सय ४४ मत रहेको छ भने पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको थियो । काठमाडौं बारमा १ हजार ५ सय ८० मत खसेको थियो ।
तीनवर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका छन । कार्यसमिति २५ सदस्यीय हुनेछ । अध्यक्ष पदमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here