उपत्यकाका नदी र चक्रपथ सफाइमा ३० मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १ मङ्सिर: उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८८ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ४५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा नायिका एवं वाग्मती सद्भावना दूत मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेतलगायत अभियानकर्मीको सहभागिता थियोे ।

यो हप्ता जन्मदिन परेका अभियानकर्मी प्रमिला पौडेल, बुद्धि कट्टृेल र ओम बस्नेतले समी एवं कपूरका बिरुवा नदी किनारमा रोप्नुभयो । आलोकनगर सफाइ अभियानले ८४ औँ हप्ताको सफाइ बुद्धनगर क्षेत्रमै गरेको थियो । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २४९ औँ हप्ताको सफाइ पनि गुह्यश्वरी क्षेत्रमै ग¥यो । तिलगङ्गा महिला समूहले १९० औँ हप्ताको सफाइ पनि गुह्येश्वरी क्षेत्रमै गरेको थियो ।

छठ पर्वका अवसरमा गुह्येश्वरीबाट गौरीघाटसम्म छठीघाट निर्माण गर्दा भएको फोहर सफाइका क्रममा व्यवस्थापन गरिसकिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । कात्तिक २८ गतेदेखि शुरु गरिएको घाट सफाइ आज सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो । कुहिने फोहर खाडल खनेर पुरी नकुहिने फोहर महानगरपालिकाको– ८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी पुडासैनीले सुनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here