उपचारपछि गगन थापा अस्पतालबाट डिस्चार्ज भए, घाइतेको उपचार जारी

काठमाडौं,१८ मंसिर– काठमाडौंको नारायणस्थानस्थित चपली हाइटमा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोट भएको छ ।

बिस्फोटमा परी थापासहित ११ जना घाइते भएका छन् । पिठ्यु र टाउकोमा चोट लागेका उम्मेदवार थापा भने एक्सरे लगायत थप परीक्षण पछि घर फर्कनु भएको छ । घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक, दुई जनाको गम्भीर र बाँकी सात जनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादका अनुसार अन्य १० जना घाइतेलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । थापाका सहयोगी प्रताप पौडेलका अनुसार गम्भीर घाइतेहरु श्यामकृष्ण श्रेष्ठ, जयराज लामिछाने, राजकाजी श्रेष्ठ र रेणु भरुवालको शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशिलाल श्रेष्ठ र पर्शुराम थापाको अवस्था सामान्य रहेको डा. प्रतापनारायण प्रसाादले जानकारी दिनुभयो । नेपाल प्रहरी काठमाडौं परिसर प्रमुख एसएसपी राजेन्द्र धानुकले गगन थापालाई बमको छर्रा लागेको जनाकारी दिनुभयो ।

अस्पतालबाट डिस्चार्ज हुदै नेता थापाले हिंसात्मक घटनाबाट बिचलित नहुन आग्रह गर्नुभएको छ । थापाको घरदैलो कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट भएको थियो ।  यसैबीच गृहमन्त्रालयले बम विस्फोटका घटनालाई सामान्य रुपमा लिदै सुरक्षा व्यवस्था बलियो रहेको दावी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here