काठमाडौं,४ मंसिर– नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलका शीर्षस्थ नेताहरुको सहभागितामा आज राजधानीमा राष्ट्रिय आर्थीक बहस कार्यक्रम गर्दैछ ।
कार्यक्रममा नेपाली कांगैस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरमले बहसमा भाग लिने छन् । राष्ट्रिय अर्थिक बहसको मुख्य विषय अबको संकल्पः आर्थिक समृद्धि रहेको छ ।
बहस कार्यक्रमलाई ती दलका शीर्षस्थ नेताहरुबाट सम्बोभन गर्ने कार्यक्रम रहेको छ । राजनीतिक दलहरुले चुनावी घोषणपत्रमा उल्लोख गरेका आर्थिक एजेन्डालाई निर्वाचन पश्चात कार्यान्वयनमा लैजान दलहरुबाट प्रतिवद्धता लिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा राजनीतिक दलका नेताहरु, नेपाल सरकारका पदाधिकारीहरु,अर्थविद्, कुटनीतिक नियोगका पदाधिकारीहरु, विमास साझेदारहरु, उद्यमी व्यवसायी हरुको प्रत्यक्ष सहभागिता रहने छ ।
कार्यक्रम मार्फत मुलुकको पछिल्लो आर्थिक अवस्थाप्रति दलहरुलाई सचेत गराउने, जनतासँग विकासका मुद्दामा दलहरुले गरेका प्रतिवद्धताहरु प्ुारा गराउन ध्यानाकर्षण गराउने र आर्थिक मुद्दालाई प्राथामिकतामा राख्न दवाव दिन उद्देश्य महासंको रहेको छ ।

