उद्योग मन्त्रालय निकै कमजोर निकाय बन्योः सांसद विनोद चौधरी

काठमाडौं,२ असार । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले उद्योग मन्त्रालय निकै नै कमजोर निकाय बनेको बताउनुभयो । प्रतिनिधि सभामा बोल्दै चौधरीले आफूले भोगेको आधारमा मन्त्रालय अर्थ मन्त्रालयको एउटा महाशाखा जस्तै बनेको बताउनुभयो ।

उहाँले उद्योग मन्त्रालय अर्थ मन्त्रालयको एउटा महाशाखाको हैसियतभन्दा अलिकतिमात्र माथि उठ्न सक्नुपर्छ । उद्योगको समस्या समाधान गर्न सक्ने हैसियत मन्त्रालयले बनाउनपर्छ ।” सरकारकले जेजति गरे पनि उद्योगी खुसी हुन नसकेको उहाँको दावी थियो ।
उहाँ विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्रमा उद्योगीहरू किन गएका छैनन् भन्ने कारण खोज्‍न सरकार लाग्नु पर्ने सुझाव दिनुभयो । उहाँले जीडीपीमा उत्पादनको अंश १० प्रतिशतबाट घटेर ५.५ प्रतिशतमा सीमित हुँदा पनि आँखा नखोल्ने हो भने सरकारले समृद्धिको सपनाले अर्थ राख्दैन भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here