उद्योगी दिवाकर गोल्छाको भारतमा निधन, आजै नेपाल ल्याउने तयारी

काठमाडौं,२७ चैत ।  नेपालका अग्रणी उद्योगी गोल्छा परिवारका दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ । केही समयदेखि मृर्गौलामा आएको समस्याका कारण थलिनुभएका उद्योगी गोल्छा भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै गए राति ६७ वर्षको उमेरमा निधन भएको हो ।
विराटनगरका उद्योगपति रामलाल गोल्छाले स्थापना गरेको गोल्छा अर्गनाइजेसन नेपालकै अग्रणी उद्योगी समूहमा चिनिन्छ । गोल्छा उहाँ २०६४ सालको संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बन्नुभएको थियो । दिवाकरको पार्थिव शरिरलाई आजै काठमाडौं ल्याएर भोली अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here