उद्यमी महिलाहरुको दक्षिण एसियाली सम्मेलन राजधानीमा

काठमाडौं, २६ भदौं– महिला उद्यमीहरुको सम्मेलन ‘एक्रस बेरियर्स बिजनेस वुमन सम्मेलन’ आजदेखि काठमाडौंमा शुरु हुँदैछ । उद्यमीहरुलाई प्रविधि र सीपबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा दक्षिण एसियाका उद्यमी महिलाहरुका लागि सम्मेलन गर्न लागिएको हो ।
सम्मेलनको अहिले बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने भएको छ ।  दक्षिण एसिया महिला विकास मञ्चको आयोजनामा हुन लागेको सम्मेलनमा नेपालसहित विभिन्न १८ मुलुकका ८० जनाभन्दा बढी उद्यमी महिलाहरुको सहभागिता रहने मंचका अध्यक्ष प्रमिला रिजालले जानकारी दिनुभयो ।
रिजालले सम्मेलनले सार्क, आसियान र चीनका उद्यमी महिलाबीच साझेदारी विकास हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा कृषि, पर्यटन, टेक्सटायल र सूचना प्रविधिसंग सम्बन्धी विषयवस्तु प्रदर्शनमा राखिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here