उदयपुरमा भेटिएको सुतली बम सेनाले डिस्पोज गर्यो

काठमाडौं,२९ फागुन । उदयपुरको कटारी नगरपालिका २ देवीधापमा आज फेला परेको सुतली बम नेपाली सेनाले डिस्पोज गरेको छ । सेनाको वेलसोतस्थित कालिसिद्धि इन्जिनियरिङ गणको डिस्पोजल टोलीले बम डिस्पोजल गरेको हो ।
मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुनढुंगा) सप्लाई गर्ने शिबम मल्टिपल्स प्रालिको गेटे अगाडि बम राखिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिनुभयो ।
बम फेला परेलगत्तै प्रहरीले डिस्पोजलका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरी डिस्पोजल गराइएको कुर्मीले बताउनुभयो । नेकपा (विप्लव) समुहले आह्वान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
नेकपाले आह्वान गरेको बन्दको कारण उदयपुरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सदरमुकाम गाईघाट लगायत कटारी, वेल्टार, रामपुर, मुर्कुची लगायतका स्थानबाट संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । ग्रामिण क्षेत्रबाट संचालन हुने सम्पूर्ण यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here