उत्सव मनाउनका लागी तयार हुन डा.केसीलाई नेता भट्टराईको आग्रह

काठमाडौँ, ८ माघ। नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक डा. गोविन्द केसीकै चाहानअनुसार पारित हुन लागेको भन्दै अनसनरत डाक्टर केसीलाई उत्सव मनाउन तयार हुन आग्रह गर्नुभएको छ।

बैठकको पुर्व सन्ध्यामा डा केसीले सामाजिक संजालमार्फसांसदहरूलाई जनतामुखी ऐन बनाउन अनुरोध गर्दै एक भिडिढो सार्वजनिक गर्नुभएको थियो। सो अनुरोधको जवाफमा सांसद भट्टराईले केसीको अनुरोधलाई स्वागत र सम्मान गर्ने बताउनु भएको हो।

नेता भट्टराइले भन्नुभयो, ‘चिकित्सा शिक्षा विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन भर्खरै यहाँले गर्नु भएको अपिललाई हार्दिक स्वागत र सम्मान गर्दछु । चिकित्सा शिक्षाको सुधारका लागि यस् अघि बनेका विभिन्न आयोग, समिति तथा कार्यदलका सुझाव, विभिन्न राजनीतिक दल तथा संघर संगठनका सुझाव र माननीय सदस्यहरुका संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलनसमेतका आधारमा चिकित्सक शिक्षा विधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई विश्वाश दिलाउन चाहन्छु,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुनै कमीकमजोरी रहेमा यहाँ र यहाँजस्तै व्यक्तित्वको सुझावमा सुधार गर्दै जाने कुरामा ढुक्क रहनसमेत अनुरोध गर्दछु। चिकित्सक शिक्षा विधेयक संसदबाट पारित भैरहदा तपाईंको समेत ऐतिहासिक जितका रूपमा उत्सव मनाउन तपाईंलाई मेरो निवेदन छ।’

चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको प्रतिनिधि सभा बैठक अपरान्ह तीन बजे बस्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here