उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई लगायो यस्तो आरोप

एजेन्सी– उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले आफ्ना नेता किम जोङ–उनको हत्याको षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।
उत्तर कोरियाले अमेरिकी गुप्तचर संस्था (सीआइए)ले नेता किम जोंग उनको जैविक रासायनिक (बायोकेमिकल) पदार्थ प्रयोग गरी हत्या गर्ने षड्यन्त्र बनाएको आरोप लगाएको हो ।
अमेरिकाले दक्षिण कोरियाली गुप्तचर संस्था (आइएस)को सहयोगमा बायोकेमिकल पदार्थ प्रयोग गरी शासक किमको हत्या गर्ने षड्यन्त्र बनाएको उसको आरोप छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र शासक किमको भेटवार्ताका लागि परिस्थिति सिर्जना गर्ने भन्दै सीआइएका निर्देशक दक्षिण कोरिया आएको दुई दिनपछि उत्तर कोरियाको यस्तो आरोप बाहिर आएको हो ।
उत्तर कोरियाली रक्षा मन्त्रालयले अमेरिकी गुप्तचर संस्था दक्षिण कोरियाली चरमपन्थी संगठनको प्रयोग गरी बायोकेमिकल पदार्थसहित उत्तर कोरिया प्रवेश गरेको भन्दै ती चरमपन्थीलाई खोजी–खोजी मार्ने चेतावनीसमेत दिएको छ ।
शासक किमलाई सार्वजनिक समारोहमा हत्या गर्ने योजना रहेको दाबी गर्दै उत्तर कोरियामा उच्च सर्तकतासमेत अपनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here