उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ

एजेन्सी– एकजना उत्तर कोरियाली नागरिक आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा सिड्नीमा पक्राउ परेका छन् ।

उनले उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपूर्जाहरु बेच्ने गरेका थिए ।

उनले सिड्नीमा रहेर निकै लामो समयदेखि यस्तो कारोबार गर्ने गरेको खुलेको सिड्नीको प्रहरीले जानकारी दिएको छ। हाल संयुक्त राष्ट्रसंघको नै प्रस्तावमा उत्तर कोरियामाथि यस्ता सामाग्रीहरु बेच्न र किन्न प्रतिबन्ध लगाइएको छ ।

बारम्बार गर्ने गरेको नाकाबन्दीका कारण ती सामग्रीहरुमा संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका तथा अन्य विश्वले पनि उसमाथि नाकाबन्दी लगाएको बताइएको छ । यस्तो अवस्थामा एकजना उत्तर कोरियाली नागरिक चान हान चोइलाईलाई प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here