उत्तर कोरियालाई ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको बताएका हुन् ।

आफूहरुले गएको २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता नै गरिरहेको र उसले त्यसको नाजाय फाइदा लिएको ट्रम्पको भनाई छ ।
कारवाही बाहेक अब अर्को कुनै विकल्प नरहेको राष्ट्रपति ट्रम्पले बताए । तर अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले भने अझै पनि वार्ताबाट समाधान खोज्न सकिने सम्भावना रहेको बताएका छन् ।
उत्तर कोरियाले गएको मंगलबार बिहानै जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको थियो भने, अब आफ्नो तयारी अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण रहेको चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here